गाउँ भुलेपछि । - रवि प्राञ्जल
![]() |
- बरिष्ठ गजलकार रवि प्राञ्जल |
\
उजाड हुन्छ बनै प्रिये ! गाउँ भुलेपछि ।
उदास हुन्छ मनै प्रिये ! गाउँ भुलेपछि ।
देखावटी हाँसो हाँस्छ सधैँ भरि शहर
पिरले सुक्छ तनै प्रिये ! गाउँ भुलेपछि।
कस्ले बेच्छ चोखो माया कस्ले बेच्छ खुशी ?
माटो हुन्छ धनै प्रिये ! गाउँ भुलेपछि ।
कति रुनु सधैँ भनी शहर पस्छ मान्छे
झर्छ आँसु झनै प्रिये ! गाउँ भुलेपछि ।
-