हृदयको घाऊ निचोर्दै

-जेठा बैरागी

चुनवाङ
मध्य निराशामा ,कुवा छेऊ बसेर
रौइरहेछ
हृदयको घाऊ निचोर्दै
यौटा लडाकु रोइरहेछ
ऊ गमलाको फूलझैँ फुल्न चाहन्थ्यो
स्वप्न नदीहरू बगाउँदै
ऋणको फाँट पुर्न चाहन्थ्यो
ऋणको भारीले किचिएर
भोको पेटको गाना बजाइरहेछ
भँनोस्साथी ,यही हो युद्ध
चुनवाङको सपना टुक्रिएर
काँचका गिलाँसझैँ टुक्रिदा
मलाई ननीको भा छ
हामी कति कति गर्छौ ठूला कुरा
खै त चुनवाङ बारे बोलेको
उनीहरू रासका रास पैसा बोकेर
चिल्ला चिल्ला घरमा बस्छन्
हाम्रो आँगन किन बुच्चो
कतै बाट ढाकिन्न
साथी
उच्च वर्गका पठित मानिसहरू
जाती र भाषाका राजनीति गर्छन्
मेरा विचारमा असम्भव छ
हाम्रो बौद्धिक दृष्टिकोण संकुचि छ
मेरा आँखामा झल्किरहेछ
मलाई कहिल्यै कुर्सीको माया छैन
फुन्टिवाङ र सेन लोकोत्तर हुन्
भन्न मन लाग्छ
घर्तीनीहरूका निःस्वार्थ
वीरतापूर्ण कार्यहरूको व्याख्या गर्दै
एउटा बिचार लेखिरहेछु
थवाङका प्रकृतिमा
मेरो उत्साहपूर्ण यात्राले
मगर्नीहरूको स्नेह जित्छ
एउटा कविता लेख्दै छु
मैलेदुःख महसुस गर्दै
चन्द्रागिरीबाट
मनोहर झर्ना बगाइरहेछु
आँपका झुप्पा फलाउन
ऋद्धिमान् पुरुषबनेर
महेन्द्र वाङ झरिरहेछु
मगर्निहरूमा राग छ
श्रामण्य फल प्राप्त गर्न
अझै युद्ध लड्नु पर्छ भनिरहे छ