मोती जयन्तीको अवसरमा हुने कार्यक्रमको तयारी पूरा



खेमराज गाउँले/रोल्पा, ३२ साउन

१ सय ४४ औं मोतीजयन्तीको अवसर भोलि लिबाङमा हुने कार्यक्रमको तयारी पूरा भएको राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाले जनाएको छ । कार्यक्रमको प्रमुख आतिथ्यताका लागि मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानका सचिव तथा वरिष्ठ गजलकार खगेन्द्र गिरी कोपिला आजै लिबाङमा आइसक्नुभएको जिल्ला शाखा अध्यक्ष डी.बी. टुहुरोले जानकारी दिनुभयो । खुल्ला गजल प्रतियोगिता, कृति विमोचन तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी भोलि लिबाङमा भव्यताका साथ मोतीजयन्ति मनाइदैछ ।

भोलिको कार्यक्रममा ‘रोल्पाली गजल र गजलकार’ रोल्पाको प्रतिनिधि गजलसंग्रह र राज एकान्त जीएमको ‘प्रमाञ्जली’ गजलसंग्रह सार्वजनिक गर्ने कार्यक्रम छ । त्यस्तै कार्यक्रममा सरुपाचित्र नारी प्रतिभा पुरस्कार समेत वितरण गर्ने कार्यक्रममा । सो पुरस्कार यसवर्ष जलजला रोकामगरलाई प्रदान गरिनेछ ।

यसैबीच भोलिको कार्यक्रमलाई रेडियो रोल्पा र रेडियो रोल्पाबाट समेत प्रत्यक्ष प्रशारण गर्ने कार्यक्रम रहेको अध्यक्ष डी.बी टुहुरोले जानकारी दिनुभयो ।