सडक साहित्य अभियानको नयाँ रुप ः स्रष्टा चौतारी

खेमराज गाउँले÷रोल्पा, २५ साउन

        राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाले सञ्चालन गर्दै आएको ‘सडक
साहित्य अभियान’लाई नयाँ रुपमा सञ्चालन गरिने भएको छ । जिल्ला शाखा
रोल्पाको आयोजनामा आज लिबाङमा भएको छलफलले ‘स्रष्टा चौतारी’को रुपमा
सञ्चालन गर्ने निर्णय गरिएको हो । साथै कार्यक्रम जिल्लामा सञ्चालित
रेडियोहरुसँग समन्वय गरिने छ ।
        बैठकले सो कार्यक्रम सञ्चालन गर्नको लागि राप्ती साहित्य परिषद् जिल्ला
शाखालाई संयोजक तोकिएको छ । सदस्यको रुपमा ललित साहित्य परिषद्; युगदर्पन
साहित्य समाज; जलजला साहित्य परिषद्; प्रगतिशिल लेखक संघ, रोल्पा; अखिल
नेपाल लेखक संघ, रोल्पा; नेपाली लेखक संघ, रोल्पा; जन साहित्य मञ्च,
रोल्पा र मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान जिल्ला शाखा, रोल्पा रहेका छन्

        ‘स्रष्टा चौतारी’ हरेक महिनाको १५ गते आयोजना गरिने निर्णय भएको जिल्ला
शाखा रोल्पाका अध्यक्ष डी.बी. टुहुरोले जानकारी दिनुभयो । कार्यक्रम
स्थलमै कार्यक्रम रेकर्ड गरी रेडियोबाट प्रशारण गरिनेसमेत उहाँले
बताउनुभयो ।