गजल
गजल
कपिल ज्ञवाली 'जिज्ञासु'
जंहा माया त्यहि हुने,घातहरु धेरै
टुंगो छैन जीवनको,बातहरु धेरै
अं मा हं थप्नेहरु हुंदा रैछन् बैशहुंदा
चिठ्ठी अब चांहिदैन,खातहरु धेरै
सूचना र प्रबिधिले माया सांघुरियो
गफि बने मोवाईलका ,रातहरु धेरै
बिश्वासनै नभए त किन साथ माग्नु ?
धोका दिने धोकेबाजका ,जातहरु धेरै
अलग्गिनै उचित लाग्छ तनाबैले हो की ?
खानु किन 'जिज्ञासु'ले ,लातहरु धेरै
गजलगृह,बुटवल १४ नयांगाउं रुपन्देही
कपिल ज्ञवाली 'जिज्ञासु'
जंहा माया त्यहि हुने,घातहरु धेरै
टुंगो छैन जीवनको,बातहरु धेरै
अं मा हं थप्नेहरु हुंदा रैछन् बैशहुंदा
चिठ्ठी अब चांहिदैन,खातहरु धेरै
सूचना र प्रबिधिले माया सांघुरियो
गफि बने मोवाईलका ,रातहरु धेरै
बिश्वासनै नभए त किन साथ माग्नु ?
धोका दिने धोकेबाजका ,जातहरु धेरै
अलग्गिनै उचित लाग्छ तनाबैले हो की ?
खानु किन 'जिज्ञासु'ले ,लातहरु धेरै
गजलगृह,बुटवल १४ नयांगाउं रुपन्देही