बग्न थाल्यो निर्जल मरुभूमिमा आँसु को धारा निसासिएरको छ ममताको अङ्कुरित जग सारा !! सुस्त भैसकेको इन्द्रियहरुमा उर्जाले जुर्मुरायो धमिलिएको नयनहरुमा आशाको किरण टल्पलायो !! निर्जीव ढुंगामा पनि म इश्वर उनि लाई देख्छु निस्प्राण माथि पनि म श्रदा राख्न थाल्छु !! कति निश्चलछ र पबित्र मनभई मिठो बोलि बोल्छौ सुन्य निर्जन बनमा पनि म त्यो मनसंगै बोल्छु !! - उषा भुजेल अभिलाषी