तीन गजलसंग्रहहरुको विमोचन आज

               रोल्पा, पुस १० । राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाले आज लिबाङमा गजलसंग्रह विमोचन कार्यक्रमको आयोजना गरेको छ । रोल्पा उद्योग वाणिज्य संघको हलमा दिउँसो १ बजे हुने कार्यक्रममा तीन वटा गजलसंग्रहको विमोचन गरिने राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका अध्यक्ष डी.बी. टुहुरोले जानकारी दिनुभयो ।
                 कार्यक्रममा चाँदनी के.सी.को ‘उद्दीप्त मन’, विराज पुनमगरको ‘तिमी मात्र तिमी’ र डी.बी मगर स्वेद लगायत ४ जना गजलकारहरुको संयुक्त कृति ‘अङ्कुराए पल्लवी’ विमोचन गरिने छन् । तीन वटै कृतिको प्रकाश राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाले गरेको हो ।
                                खेमराज गाउँले

,