स्रष्टा चौतारीको पाँचौ श्रृङ्खला सम्पन्न

सम्वाददाता/पुष १६, रोल्पा । स्रष्टा चौतारीको पाँचौ श्रृङ्खला आइतबार लिबाङमा सम्पन्न भएको छ । नेपाली लेखक संघ, रोल्पाको संयोजनमा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न साहित्यकारहरुले रचना वाचन गरेका थिए ।
    कार्यक्रममा अभियान सञ्चालनको बारेमा जानकारी दिदै राप्ती साहित्य परिषद्  जिल्ला शाखा रोल्पाका अध्यक्ष डी.बी. टुहुरोले रोल्पाली साहित्यको विकास र स्रष्टाहरुलाई बाहिर ल्याउन श्रृङ्खला सञ्चालन गरेको बताउनुभयो । होलीभिजन आवासीय मा.वि.को प्राङ्गनमा सम्पन्न कार्यक्रममा प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सदस्य गौरीकिरण डाँगीले कोठाभित्र सञ्चालन गरिने कार्यक्रममा मञ्चमा आएर सञ्चालन गरिएकोमा कार्यक्रम सफल भएको दावी गर्नुभयो । कार्यक्रममा ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष ओम पन्छीले रोल्पाको साहित्यिक विकासमा स्रष्टा चौतारीले महत्वपूर्ण भूमिका खेल्ने दावी गर्नुभयो ।
    कार्यक्रममा गौरीकिरण डाँगी, ओम सेन, सुमन शाह, सन्तोष न्यौपानेले कविता वाचन गर्नुभएको थियो । त्यस्तै डी.बी. टुहुरो, गोकर्ण पुन, ओम पन्छी, चाहना शर्मा, चमेली सौदामिनी मगर, कविता विष्ट, लोकेन्द्र सेन, भिमा डी.सी., मेलिना आचार्यले गजल वाचन गर्नुभएको थियो । कार्यक्रममा कविता उपाध्यायले हाइकु वाचन गर्नुभएको थियो भने दिवश आचार्य, कल्पना रोकामगर, सुनयना मगर, कृतिका तिमिल्सिनाले अंग्रेजी कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा अर्चितवाबु मर्सिफुलले कविता सुनाउनुभएको थियो ।
    पाँचौ श्रृङखलाको सञ्चालन नेपाली लेखक संघ, रोल्पाका अध्यक्ष दामुमर्सिफुलले गर्नुभएको थियो । यसैबीच स्रष्टा चौतारीको छैटौं श्रृङ्खला सुलिचौरमा हुने भएको छ । जलजला साहित्य परिषद्को संयोजनमा माघ १६ गते शहीद दिवसका दिन श्रृङखला सञ्चालन गर्ने निर्णय भएको छ ।

,