स्रष्टा चौतारीको सातौं श्रृङ्खला सम्पन्न


रोल्पा, फागुन १६ ।  स्रष्टा चौतारीको सातौं श्रृङ्खला मंगलबार लिबाङमा सम्पन्न भयो । रुडास नेपालको हलमा सम्पन्न कार्यक्रमको संयोजन ‘जनसाहित्य मञ्च’ले गरेको थियो । राप्ती साहितय परिषद्को आयोजनामा यस कार्यक्रम हरेक महिनाको १५ गते सञ्चालन हुँदै आएको छ । 
कार्यक्रममा डी.बी. टुहुरो, दिलकुमारी बुढामगर, दिपक डी.सी. दिपु दर्पण र सुन्दर पुरुष अनुरागले कविता वाचन गरेका थिए । त्यस्तै गोकर्ण पुन, प्रेमप्रकाश मायालु, देवी गुरुङ, यम विरही मगर, चमेली सौदामिनी, नारायण रेग्मी ‘जिज्ञासु’, कमला विधु मगरले गजल वाचन गरे भने भानुभक्त सन्यासीले मुक्तक बाचन गरे । 
जन साहित्य मञ्च, रोल्पाका अध्यक्ष गौरीकिरण डाँगीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली लेखक संघ रोल्पाका अध्यक्ष दामु मर्सिफु, राप्ती साहित्य परिषद् रोल्पाका अध्यक्ष डी.बी. टुहुरो, अखिल नेपाल लेखक संघ रोल्पाका अध्यक्ष पुरण क्षेत्रीसँग साहित्यिक कुराकानी भयो । 
कार्यक्रममा वाचन गरिएका रचनाहरु रेकर्ड गरी स्थानीय रेडियोहरुमार्फत प्रशारण गरिने आयोजकले जनाएको छ ।