छैटौं समाचारमूलक पत्रिका 'सनस्टार साप्ताहिक' आजबाट
![]() |
सनस्टार राष्ट्रिय साप्ताहिक |
समाचारदाता, रोल्पा । रोल्पा जिल्लाबाट ‘सनस्टार राष्ट्रिय
साप्ताहिक’ले आजबाट आफ्नो प्रकाशन आरम्भ गरेको छ । स्थानीय ‘सनस्टार युवा
क्लव’ले प्रकाशन गरेको उक्त पत्रिकाको विमोचन आइतबार लिबाङमा गरियो ।
पत्रिकाको विमाचन पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले गरे । चेतन कुवर सम्पादक रहेको पत्रिकामा नविन लोचनमगर कार्यकारी सम्पादक र देवी गुरुङ सहसम्पादकको रुपमा छन् ।
जिल्लाबाट प्रकाशित यो छैटौं समाचारमूलक पत्रिका हो । यसअघि रोल्पा समाचार
साप्ताहिक, जलजला पोष्ट साप्ताहिक, जूनकीरी सञ्चार साप्ताहिक र रोल्पा
टाइम्स दैनिक प्रकाशनमा छन् । रोल्पा जिल्लाबाट प्रकाशित पहिलो समाचारमूलक
पत्रिका रोल्पा आवाज पाक्षिक अहिले बन्द छ ।