रोल्पाली स्रष्टाहरु माडी खोलाको किनारमा


–    यथासिघ्र राजनीतिक निकास दिन दलहरुलाई ध्यानाकर्षण
–    स्रष्टा चौतारी हवाइ पत्रिका प्रकाशन हुने
–    जिल्ला स्तरीय साहित्य विशेष कार्यक्रम वैशाखमा

जिल्ला क्रियाशिल साहित्यिक संस्थाहरुको संयुक्त आयोजनामा शनिबार माडीचौरमा साहित्यिक वनभोज कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, ललित साहित्य परिषद्, जलजला साहित्य परिषद्, प्रगतिशील लेखक संघ जिल्ला शाखा, नेपाली लेखक संघ जिल्ला शाखा र अखिल नेपाल लेखक संघ जिल्ला शाखा रोल्पको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको समन्वय राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाले गरेको थियो ।
वनभोज कार्यक्रममा आगामी नयाँ वर्षको अवसरमा जिल्ला स्तरीय साहित्यिक विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । उक्त साहित्यिक विशेष कार्यक्रम सम्पन्न गर्नका लागि डी.बी. टुहुरोको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । ओम पंक्षी सहसंयोजक रहनुभएको छ । यस्तै मूल आयोजक समितिका सदस्यहरु दीपेश पराइ विष्टलाई व्याच व्यानर संयोजक, गीता निर्दोषीलाई कार्यक्रम व्यवस्थापन संयोजक, कविता उपाध्यायलाई आवा
स÷भोजन व्यवस्थापन समिति, नवीन लोचन मगरलाई आर्थिक संयोजक, खेमराज गाउँललेलाई प्रकाशन संयोजक, देवी गुरुङलाई सांस्कृतिक संयोजक, सिर्जना सेनलाई अतिथि सत्कार संयोजक, चन्द्र जी.एम.लाई मञ्च व्यवस्थापन संयोजक र अमरजित पुनमगरलाई सञ्चार संयोजक तोकिएको छ ।
यसैबीच हरेक महिनाको १५ गते सञ्चालन हुने स्रष्टा चौतारीमा बाचन भएका रचनाहरुलाई प्रकाशन गर्ने निर्णय गरिएको छ । पत्रिको नाम स्रष्टा चौतारी हवाइ पत्रिका राखिएको छ । उक्त हवाइ पत्रिकाको प्रकाशन सोही महिना कार्यक्रम संयोजन गर्ने संस्थाले गर्ने निर्णय भएको छ । यस्तै जिल्लाबाट प्रकाशित पत्रिकाहरुले महिनाको एक पटक एउटा पृष्ठलाई साहित्य विशेष वनाउन अनुरोध गर्ने निर्णय गरिएको छ ।

राजनीतिक दललाई ध्यानार्षण:
यस्तै देशको अवस्थाप्रति साहित्यकाहरुले चिन्ता व्यक्त गरेका छन् । साहित्यकारहरुले देशलाई यथासिघ्र निकास दिन सबै राजनीतिक दललाई ध्यानाकर्षण गराएका छन् । सहमतीय सरकार गठन गर्न नसकी दलहरुले देशलाई अनिर्णयको बन्दी वनाएको ठहर गर्दै उनीहरुले यस्तो निर्णय गरेका हुन् ।
यसैबीच वनभोज कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने रम्जावेंशी युवा क्लव माडीचौर, सनस्टार युवा क्लव लिबाङ, सिर्जनशिल महिला सहकारी संस्था लिबाङ र गाडी नं. भे १ प १९१८का गोपाल सुनारलाई धन्यवाद दिने निर्णय गरिएको राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका अध्यक्ष डी.बी. टुहुरोले जानकारी दिनुभयो ।
कार्यक्रममा ३३ जना साहित्यकारहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

, , ,