रोल्पाका दुई साहित्यकार टुहुरो र बिभास पुरस्कृत हुने..

 रोल्पाली सर्जक अग्रज स्रष्टाद्वय  डी.बी.टुहुरो र नवीन विभासलाई पुरस्कार प्रदान गरिने भएको छ। साहित्यकार टुहुरोलाई  नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका लागि योगेश्वर स्मृति प्रतिष्ठान मार्फत प्रदान गरिने   'योगेश्वर वाङ्मय पुरस्कार—२०७८' सङ्गै अर्का साहित्यकार विभासलाई  नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका लागि नेपाली कलासंस्कृतिप्रेमी प्रा.डा. ग्रेगरी जी. मस्कारिनेकद्वारा स्थापित 'ग्रेगरी कलासंस्कृति पुरस्कार—२०७८' द्वारा पुरस्कृत गरिने भएको छ। 


साहित्यकार डि.बि. टुहुरुको पहिलो रचना २०४६ सालमा ‘शिक्षा’ शीर्षकको कविता प्रकाशन भएको थियो। त्यो पछि पाल्पाबाट प्रकाशित ‘काँचुली’ हवाई पत्रिका (२०५४) मा मुक्तक हुँदै ‘टुहुरो’ कवितासङ्ग्रह, ‘प्रेम’ मुक्तकसङ्ग्रह, ‘जीवन’ कवितासङ्ग्रह, ‘तिमी’ मुक्तकसङ्ग्रह, ‘स्पन्दन–१’ संयुक्त गजलसङ्ग्रह, ‘सिर्जना’ कवितासङ्ग्रह लगायत दर्जनौं अन्य कृतिहरु सङ्गै समालोचना लगायत दर्जनौ कृतिहरु प्रकाशित गरिसकेका टुहुरो विभित्र दर्जनभन्दा वढी साहित्यिक संघ संस्थाहरुमा पनि सक्रिय हुनुहुन्छ। 

नेपाली भाषा कला साहित्य श्रीबृद्धी र जगेर्ना गर्दै साहित्यिक सामाजिक कार्यमा समग्र वाङ्मयिक योगदान पुर्याउने स्रष्टा डी.बी.टुहुरोलार्ई रु.२५,००० नगद राशिको योगेश्वर वाङ्मय २०७८ पुरस्कार डि.वि. टुहुरोलाई दिइने भएको छ। अर्का सर्जक कला, साहित्य संस्कृतिका साधक स्रष्टा नवीन विभासलाई रु.२०,००० नगद राशिको ग्रेगरी कलासंस्कृति पुरस्कार—२०७८ दुबै सर्जकलाई सङ्गै प्रदान गर्ने निर्णय गरिएको कलासाहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष एवं वरिष्ठ साहित्यकार मोमिला जोशीले  जानकारी दिनु भएको छ। यी दुवै नगद राशिको पुरस्कार नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको आयोजना  सङ्गै ललित साहित्य परिषद्, रोल्पाको सह–आयोजनमा कार्तिक १३ गते रोल्पामा सम्पन्न हुन गइरहेको छ। 



यस अघि योगेश्वर वाङ्मय पुरस्कार क्रमश साहित्यकार डा. कृष्णराज डी. सी, अमर गिरी, कृष्ण्भूषण बल, उषा शेरचन, वनमाली निराकार, मुकुन्द प्रयास, दिलिप शाह, कृष्णराज ओलिया, पद्मराज जोशी, पुरीचन्द्र देवकोटा र डा. मधुसूदन गिरीलाई प्रदान गरिसकिएको छ भने ग्रेगरी कलासंस्कृति पुरस्कार क्रमश शेरबहादुर अधिकारी, पूर्ण समीर महतारा, खडानन्द चौलागाई र मनोहर लामिछानेलाई प्रदान गरिसकिएको प्रतिष्ठानकी अध्यक्ष  जोशीद्वारा  जारी  विज्ञप्तिमा पनि जनाइएको छ  । 

साहित्यकार एवं कवि राजेश्वर कार्कीले  शिक्षा तथा  समाजसेवी स्रष्टा आफ्ना पिता योगेश्वर कार्कीको स्मृतिमा 'योगेश्वर स्मृति प्रतिष्ठान' स्थापना गरेका हुन । प्रतिष्ठान वाङ्मयको श्रीवृद्धिमा लामो समय देखि नै सक्रिय हुँदै आएको छ। पुरस्कृत स्रष्टा डी.बी.टुहुरोको जीवनी, व्यक्तित्व र कृतित्व’ शीर्षकमा नेपालगञ्ज–१७, बाँके निबासी श्री गोविन्द सिंहले २०७३ सालमा सोध समेत सम्पन्न गरेका छन्।



माडी-२ घर्तिगाउमा जन्मिएका टुहुरोको अनलाइन साहित्यिक ब्लगकको 'सर्जक परिचय' मा परिचय यहाँ प्रकाशित छ। अन्य कुनै साहित्यिक स्रस्टाहरुले पनि आफ्नो परिचय यस् 'सर्जक परिचय' मा परिचय लगायत साहित्यिक लेख रचना आदि पठाउन चाहनुहुन्छ भने ई-मेल onlinesahityikblog@gmail.com अथवा chithi@nabrajbudhacom.np मा सम्पर्क पनि गर्न सकिने छ।