जिन्दगी के नै छ र - गजल
- सपना डाँगी
जिन्दगी के नै छ र लिन का लागि दिनका लागि।
एउटा चिनो छोडेर जानुस फ़ेरि सम्झिनका लाग।
बा आमा बृद्दाश्रम जानू पुर्व यो सोच्दैनन छोराहरु
कुनैपल म त्यही पुग्नपर्छ औठाछाप लिनका लागि।
तिमिले यो छाती कुल्चेर गएकोमा कुनै गुनासो छैन
चप्पल हो यो ज्यान अझै तयार छ टेकिनका लागि।
ए ! नदि नरिसाउन किनाराले किनार झम्टियो भनेर
हेर त फुल पनि चुडिन पर्छ शिरमा सजिनका लागि।
यो सरकारले कहिले सम्म हो निदाए झै गर्ने कुन्नि
मुर्दाहरु समेत चितामा तयार छन उभिनका लाग।