नदीको रूप - कविता

दीमा पानी बग्छ र त
ओरालो बग्छ नदी आउँदैन उसलाई उकालो चढ्न न आउँछ बेगलाई टक्क रोकिन नै ।
पद्मा लिंखा मगर

नदी घामको किरण होइन केहीले छेक्नसाथ छाया बन्ने नदी हावाको बेग होइन पहाडले छेकिएर पछि हट्ने । नदीको पानीलाई छेकिए पनि निकासा त चाहिन्छ चाहिन्छ नदीले कहिल्यै हाम्रो भाषा बुझ्दैन हामीले बुझिदिनुपर्छ उसको भाषा । त्यसैले त हाम्रो भाषा पढाउन खोज्दा बहुलाउँछ नदी एकाएक उहीमाथि झरीले थपिदिन्छ आगोमा घिउ उर्लिन्छ अनि बनिदिन्छ थामिनसक्नु । माग्छ सहयोग नाङ्गा पारिएका बेसरम पाखाहरूसित उसैगरी विकासका नाममा छियाछिया पारिएका घाइते पहाडहरुसित । उसैगरी आफ्नो अस्तित्व लुटिएकी प्रकृति आउँछिन् मौका छोपेर सहयोग गर्न कस्सिएर सोहोर्दै वरिपरिका सारा बस्तीहरू झर्छन् सबै एकसाथ ओरालो पुग्छन् नदीको काखमा गर्छन् फेरि विध्वङ्श अनि लिन्छन् बदला एकसाथ । हाम्रो चेतना कहिल्यै खुल्दैन निरन्तर चलिरहन्छ यही क्रम हिउँद, बर्खा फेरि हिउँद अनि बर्खा यसरी नै कुमालेको चक्रझैँ । हो हामी सर्वश्रेष्ठ प्राणी मानवजाति बुझेर बुझ पचाइरहन्छौँ त्यसैले त सानो स्वार्थको बदलामा यसरी नै ठूलो मूल्य चुकाइरहन्छौँ जबसम्म बुझ्दैनौँ नदीको भाषा जबसम्म बुझ्दैनौँ प्रकृतिको भाषा हो उही चपेटामा परिरहन्छौँ | त्यसैले त अब आफ्नो परिचयमा उभिएर जगाउँ चेतना मुक प्रकृतिको भाषा बुझेर बचाउँ प्रकृति, जोगाउँ पृथ्वी अनि बाँचौं हामी भराउँ हरियाली मनाउँ खुसियाली ! !
न्युयोर्क


,