धनकुटामा साहित्यिक चौतारी नेपालकाे इकाई समिति गठन


रामप्रसाद सुवेदी
धनकुटा चैत १८ गते । धनकुटामा साहित्यिक चौतारी नेपालकाे इकाई समिति गठन भएको छ। जिल्लाकाे पाख्रीवास नगरपालिकामा  स्थित श्री बालपञ्च माध्यमिक विद्यालय" मा साहित्यिक चौतारी नेपालकाे  इकाई समिति गठन भएको हाे । तेह्रथुम जिल्ला शाखा इन्चार्ज बद्री श्रेष्ठ 'याक्चाको सहजीकरणमा रीना वरूवालकाे अध्यक्षतामा १५ सदस्यीय साहित्यिक चौतारी इकाई समिति विस्तार गरिएकाे  साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष गीता भण्डारीले जानकारी दिनुभयो। 

इकाई समितिकाे उपाध्यक्षमा काेमल अधिकारी,सचिवमा धनमाया तेलाङ्गी,सहसचिवमा कविता कुँवर,काेषाध्यक्षमा शिर्शा वरूवाल रहनुभएकाे छ। समितिकाे सदस्यहरूमा पिपन गान्छाकी,ईन्द्रा मगर,प्रशिला तामाङ,तुलसा कटुवाल,विकेश राना, सम्वृद्धि तामाङ्ग,सवन राना,ठगेन्द्र टाेलाङ्गी,विशाल बयलकाेटी र साैरव वरूवाल रहनुभएकाे छ भने शिक्षक संरक्षकमा भरतप्रसाद अधिकारी र उर्मिला देउजा रहनुभएकाे छ।

नेपाली साहित्यकाे विकास र विस्तारसँगै सामाजिक कार्यमा समेत सक्रिय साहित्यिक चौतारी नेपालका सात वटै प्रदेश शाखा, देश भन्दा बाहिरका शाखाहरू र जिल्ला शाखा तथा ईकाई समिति  गरी  याे सँगै ३४ वटा शाखा समिति पुगेका  छन् ।।